विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) को खुद नाफा साढे २१ प्रतिशतले घटेपछि वार्षिक प्रतिशेयर आम्दानीमा १४.७० रुपैयाँले गिरावट आएको छ ।
गत आवको यसै अवधिमा वार्षिक प्रतिशेयर आम्दानी ४६.२० रुपैयाँ रहेकोमा चालु आवको प्रथम त्रैमासमा ३१.५० रुपैयाँमा झरेको हो ।
चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले १ करोड ७६ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा २ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ४८ लाख ५५ हजार रुपैयाँले नाफा घटेको हो ।
असोज मसान्तसम्ममा लघुवित्तले ८३ करोड ८५ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन तथा २ अर्ब ७८ करोड १३ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ७६ करोड ८९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट कम्पनीले गत आवको यसै अवधिको तुलनामा ५७ लाख रुपैयाँ धेरै ६ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि सम्भावित जोखिम बापतको व्यवस्था वापत ३ करोड ७१ लाख रुपैयाँ व्यवस्था गनुपर्दा लघुवित्त ३५ लाख ४९ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा पुगेको छ । यद्यपी कम्पनीले ३ करोड २२ लाख २५ हजार रुपैयाँ बराबरको खराब कर्जा उठाएपछि कम्पनी १ करोड ७६ लाख नाफा कमाएको हो ।
चुक्ता पूँजी २२ करोड ४० लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १२ करोड ४२ लाख रुपैयाँ सञ्चित छ । असोज मसान्तसम्ममा खराब कर्जा अनुपात ३.४४ प्रतिशत, लघुवित्तको प्रतिशेयर नेटवर्थ १५५.४७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २८.८९ गुणा छ ।
Particulars | Vijaya Laghubitta ( Rs in ‘000) | ||
Q1, 2077/2078 | Q1, 2076/2077 | Change | |
Paid-up Capital | 224,031.50 | 194,810.00 | 15.00% |
Reserves | 124,275.26 | 108,480.91 | 14.56% |
Profit/(Loss) for the Year | 17,645.12 | 22,500.92 | -21.58% |
EPS (Rs.) | 31.50 | 46.20 | -31.82% |
Net worth per share (Rs.) | 155.47 | 155.69 | -0.14% |
Borrowings | 2,781,385.54 | 2,418,473.13 | 15.01% |
Deposit from Customers | 838,598.97 | 657,063.23 | 27.63% |
Loans & Advances to Customers | 3,768,962.44 | 3,227,411.82 | 16.78% |
Net Interest Income | 65,884.70 | 60,182.12 | 9.48% |
Provision for possible losses | 37,174.17 | 11,492.80 | 223.46% |
Operating Profit | 3,349.23 | 27,738.11 | -87.93% |
Non-Performing Loan (NPL) | 3.44% | 2.22% | 54.95% |
Cost of Fund (%) | 7.21% | 11.21% | -35.68% |
Qtr End PE Ratio | 28.89 | 12.78 | 126.06% |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया