आरएमडिसी लघुवित्तले तोक्यो साधारण सभा र बुकक्लोज मिति

0
Shares

आरएमडिसी लघुवित्त (RMDC) ले मंसिर २२ गते, सोमबार लघुवित्तको २२ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको कार्तिक २४ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारण सभा बोलाउने निर्णय गरेको हो ।

उक्त साधारण सभाले शेयरधनीहरूलाई १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर सहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि लघुवित्तले मंसिर ८ गते, सोमबार शेयरधनी दर्ता किताब बन्द गर्ने (बुकक्लोज) मिति तोकेको छ ।

यसअनुसार मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ कात्तिक २०७७, मंगलबार  १४ : ५१ बजे