नेप्से सूचक ५४ महिना यताकै उच्च बिन्दुमा, एकैदिन ४ अर्ब बढीको शेयर कारोबार

0
Shares

शेयर बजार परिसूचक मापक नेप्से कार्तिक २५ गते मंगलबार ५४ महिना यताकै उच्च बिन्दुमा पुगेको छ । यअघि २०७४ बैशाख ११ गते सोमबार नेप्से परिसूचक १ हजार ६७५ दशमलव ७८ बिन्दुमा रहेकोमा त्यस यता भने सो बिन्दुभन्दा कम अंकमा रहेको थियो ।

त्यसपश्चात निरन्तर घटेको बजार २०७५ फागुन १४ गते मंगलबार १ हजार १०२ को बिन्दुमा रहेको थियो । सो बिन्दु पश्चात केही समयपछि बढ्न थालेको बजार २०७६ फागुन महिनामा १६२० दशमलव २७ अंकमा पुगेर पुनः घटेको थियो । कोरोना महामारीका कारण घट्न थालेको बजार अन्ततः साढे ४ वर्ष यताकै उच्च बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्से परिसूचक २५.९८ अंकले बढेर १ हजार ६७८ दशमलव ७९९ अंकमा पुगेको छ । यसदिन १९६ कम्पनीका ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २५६ रुपैयाँको शेयर खरीद बिक्री भएका छ । ९६ लाख ५७ हजार ६७७ कित्ता शेयर ३८ हजार ६३४ वटा कारोबारबाट उक्त संख्यामा कारोबार भएको हो ।

कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये जलविद्युत र म्युचुअल फण्ड बाहेक बाँकी दश उपसमूहको सूचक बढेका छन् । ब्यापारमा सबैभन्दा धेरै ७.८७ प्रतिशतले बढ्दा होटल ४.९१ प्रतिशत, जीबन बीमा ४.८७, अन्य ४.२० प्रतिशत, निर्जीबन बीमा १.९४ प्रतिशत, र उत्पादमूलक १.२४ प्रतिशतले बढेको छ ।

  • नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार

मंगलबार पनि नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको २८ करोड ५३ लाख ३२ हजार रुपैयाँमा खरीद बिक्री भएका छन् ।

यसैगरी नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ३८ लाख, हिमालयन डिष्टिलरीको २० करोड ८३ लाख, नेपाल दूरसञ्चार कम्पनीको २० करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

यसैगरी कामना सेवा विकास बैंकको १६ करोड ६७ लाख, नेशनल लाइफको १६ करोड ७१ लाख, सूर्या लाइफको १० करोड ५१ लाख र प्राइम लाइफको १० करोड २७ लाख रुपैयाँको शेयरको कारोबार भएको छ । अपि पावर र शिवस् सिमेन्टको पनि उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-11-10 15:00:00
NRIC 285,332,151.00 961.00
NLIC 235,844,168.00 1,496.00
HDL 208,348,811.00 2,278.00
NTC 206,443,872.00 865.00
KSBBL 168,782,617.00 233.00
NLICL 167,141,766.00 816.00
SLICL 105,150,784.00 662.00
PLIC 102,712,790.00 714.00
API 97,468,491.00 273.00
SHIVM 92,550,810.00 781.00
  • चार कम्पनीको शेयरमूल्यमा सर्किट

मंगलबारको बुलिस बजारमा ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सानिमा जनरल इन्स्योरेन्सको पाँचौं कारोबार दिन सर्किट लागेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ्ग, र नेपाल टेलिकमको शेयरमूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

आजको बजारमा ओरियन्टल होटलको ६.७९ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्य ६.२९ प्रतिशतले बढ्दा तारागाउँ रिजेन्सी होटल, नेशनल लाइफ, नेपाल लाइफ र एशियन लाइफको शेयरमूल्य ५ प्रतिशत धेरैले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-10 15:00:00
STC 4,950.00 450.00 10.00
CORBL 242.00 22.00 10.00
SGI 499.00 45.00 9.91
NTC 865.00 75.00 9.49
OHL 409.00 26.00 6.79
HGI 541.00 32.00 6.29
TRH 268.00 14.00 5.51
NLICL 816.00 41.00 5.29
NLIC 1,496.00 75.00 5.28
ALICL 800.00 39.00 5.12
  • बिशाल बजारको शेयरमूल्य उच्च घट्यो

आज बिशाल बजार कम्पनीको शेयरमूल्य उच्च घटेको छ । कम्पनीको शेयरमूल्य ४.६१ प्रतिशत अर्थात ११० रुपैयाँले घटेर २ हजार २७५ रुपैयाँमा झरेको छ ।

यसैगरी अरुण भ्याली हाइड्रोपावर, विजय लघुवित्त, आँखुखोला जलविद्युत, सांग्रिला डेभलपमेन्ट बैंक र प्रोगेशिभ फाइनान्सको शेयरमूल्य २ प्रतिशत धेरैले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-10 15:00:00
BBC 2,275.00 -110.00 -4.61
AHPC 253.00 -7.00 -2.69
VLBS 960.00 -26.00 -2.64
AKJCL 126.00 -3.00 -2.33
SADBL 186.00 -4.00 -2.11
PROFL 142.00 -3.00 -2.07
NICAD8283 1,152.00 -23.00 -1.96
NHDL 252.00 -5.00 -1.95
MHNL 208.00 -4.00 -1.89
GIMES1 9.95 -0.19 -1.87

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २५ कात्तिक २०७७, मंगलबार  १५ : ५३ बजे