ज्योति लाईफ इन्स्योरेन्सले ६६ करोडको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । २०७७ कार्तिक २६ गते कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पन्न तेश्रो वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पूँजीको ३० प्रतिशतले हुने ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको हो । हाल १ अर्ब ५४ करोड चुक्तापूँजी रहेको ज्योति लाइफले ६६ करोडको आईपीओ जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड पुग्नेछ । साथै कम्पनीमा संस्थापक र सर्वसाधारण समूहको शेयर हिस्सा ७०ः३० कायम हुने छ।
साधारणसभामा कम्पनीका अध्यक्षले वार्षिक प्रतिवेदन प्रस्तुतीको क्रममा आ.व.०७५/७६ मा प्रथम बीमाशुल्क तथा नविकरण शुल्क कुल एक अर्ब एक करोड ७५ लाख ८८ हजार ४९ रुपैयाँ बीमा शुल्क संकलन गरेको जनाएको छ । साथै उक्त अवधिमा कम्पनीले ६९ करोड २४ लाख ६५ हजार ८६३ रुपैयाँ जीवन बीमाकोष समेत खडा गरेको जनाएको छ ।
सम्भावित जोखिमको मुल्याङ्कन तथा व्यवस्थापन गर्दै कम्पनीले बिभिन्न बैंक तथा वित्तियसँस्थाहरुमा अल्पकालिन तथा दिर्घकालिन लगानी गरेको र जसको औषत प्रतिफल १०.५० प्रतिशत रहेको जानकारी गराउँदै यस आर्थिक वर्षमा कम्पनीले १८ करोड ७२ लाख ३२ हजार खुद मुनाफा आर्जन गरेको जानकारी दिए ।
उक्त सभामा कार्यकारी प्रमुख प्रकाश विक्रम खत्रीले कम्पनीले ११७ वटा शाखा तथा उपशाखाहरु ७२ जिल्लामा आफ्नो ब्यवसायिक उपस्थिति जनाई जीवन बीमा ब्यवसाय गरि रहेको जानकारी दिए । गत आर्थिक वर्षमा कम्पनीले १० करोड ७८ लाख ७४ हजार ७२६ वितरणयोग्य नाफा आर्जन गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया