सर्वसाधारणमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्ने प्रकृयामा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा १२.३९ प्रतिशतले घटेको छ ।
गत आवको पहिलो तीन महिनामा २० करोड ५६ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको यसै अवधिमा १८ करोड १ लाख १३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको हो ।
चुक्ता पूँजी हाल १२ अर्ब रुपैयाँ रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ रहेको छ ।
बैंकले धितोपत्रमा ५७ करोड ७० लाख ३४ हजार रुपैयाँ लगानी गरेको छ । गत आवको यसै अवधिमा १२ करोड ५९ लाख १६ हजार रुपैयाँ लगानी गरेको बैंकले ४.५८ गुणाले लगानी वृद्धि गरेको हो ।
सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । बैंकले २०७७ असोज मसान्तसम्ममा ८ अर्ब ३५ करोड रुपैयाँ बराबरको ऋण स्वीकृत गरिसकेको छ । यसअनुसार बैंकले किस्ताअनुसार ऋण प्रवाह गर्दै जानेछ ।
समीक्षा अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९ करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
बैंकले २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तै बैंकको सञ्चालन नाफा २५ करोड ७६ लाख ४२ हजार रुपैयाँ छ । बैंकको जगेडा कोषमा १ अर्ब ८१ करोड ४७ लाख रुपैयाँ छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया