नेप्सेमा रेकर्ड नजिक पुग्यो कारोबार, दोहोरो अंकले सूचक बढ्दा पुनर्बीमाको सर्वाधिक कारोबार

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको तथा तिहारअघिको अन्तिम कारोबार दिन कारोबार रकम यसअघि रेकर्ड कायम भएको नजिक पुगेको छ । यसअघि २०७६ फागुन १८ गते आइतबार एकैदिन ४ अर्ब ८४ करोडको शेयर कारोबार भएर ऐतिहासिक रेकर्ड कायम भएकोमा बिहीबार पनि सो नजिक कारोबार पुगेको हो ।

पछिल्लो तीन दिन दैनिक ४ अर्बको बढीको शेयर कारोबार हुँदा यस साताको कारोबार रकममा पनि उल्लेख्य बढोत्तरी भएको छ । नेप्से सूचक पनि नयाँ रेकर्ड केन्द्रीत हुनतर्फ लाग्दै गर्दा सूचकले पनि साथ दिइरहेको छ ।

बिहीबार नेप्से १०.८२ अंकले बढेर १ हजार ७१८ दशमलव ४९ अंकमा पुगेको छ । ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स ३.२७ अंकले बढेर ३३८ दशमलव ८९ अंकमा पुगेको छ ।  सूचकमा दोहोरो अंकले बढोत्तरी आएसँगै शेयर बजार पूँजीकरणमा पुन: रेकर्ड कायम भएको छ । बिहीबार शेयर बजार पूँजीकरण २३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ । 

नयाँ रेकर्ड नजिक पुगेको बिहीबार दोस्रो बजारमा ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ। बुधबार र मंगलबार पनि दैनिक ४ अर्ब बढीको शेयर कारोबार भएको थियो ।

बैंकिङ्ग प्रणालीमा २ खर्ब बढीको अधिक तरलता हुनु, कोरोना संक्रमणका कारण लगानीका अन्य क्षेत्र संकुचित भएको अवस्था, कोरोना भ्याक्सीनको सफल परिक्षणले विश्व शेयर बजारसँगै नेपालको बजारमा पनि उच्च कारोबार हुँदै आएको छ ।

कतिपय लगानीकर्ताले नाफा बुकलाई निरन्तरता दिएपनि धेरै लगानीकर्ताहरु नेप्से सूचक अझ बढ्नसक्ने आंकलनका कारण शेयर बिक्री गरिरहेका छैनन् । नेप्सेसँगै कारोबार रकम पनि बढेकाले नेप्सेमा ठूलो करेक्शन आउने अवस्था नरहेको पुराना लगानीकर्ता बताउँछन् ।

बजार थप सुधार सुधार हुने आशामा अन्य क्षेत्रको लगानी समेत शेयर बजारमा प्रवेश गरेको अवस्था अहिले छ । यस्तो अवस्थामा ब्यापारिक समूह उच्च नाफा गरी बजारबाट बाहिरिँदा उच्च बिन्दुमा शेयर खरीद गर्ने लगानीकर्ताहरु बुल ट्रापमा पर्नसक्ने भएकाले दोस्रो बजारमा लगानी गर्दा कम्पनीको वित्तीय अवस्था, भविष्यमा गर्नसक्ने प्रगति र सो बाट पाइने प्रतिफको आधारमा मात्र लगानी गर्नुपर्नेहुन्छ ।

निरन्तर सूचक बढेसँगै नयाँ तथा पुराना लगानीकर्ताहरूले दोस्रो बजारमा कारोबार बढाइरहेका छन्। केही नयाँ लगानीकर्ता बाहेक अधिकांश पुरानै लगानीकर्ताले आफ्नो कारोबार बढाउँदै आएका छन्।

  • ब्यापार चम्कँदा सात उपसमूहका परिसूचक घटे

बिहीबारको बजारमा सात उपसमूहका परिसूचक घटेका छन् । ब्यापार सूचकमा ९.९८ प्रतिशतको वृद्धि हुँदै सकारात्मक सर्किट लाग्दा अन्य सूचक २.२६ प्रतिशत, र बैंकिङ्ग, निर्जीबन बीमा र म्युचुअल फण्डको सूचक सामान्य बढेका छन् ।

होटल सूचक करिब १ प्रतिशतले जलविद्युत, वित्त, जीबन बीमा, विकास बैंक, उत्पादन र लघुवित्तको सूचक घटेको छ ।

  • पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार

आज नेपाल पुनर्बीमा कम्पनी (रि इन्स्योरेन्स) को सबैभन्दा धेरै २८ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी नेपाल टेलिकमको २६ करोड ७ लाख, प्रभु बैंकको २० करोड ८२ लाखको कारोबार भएको छ ।

हिमालयन डिष्टिलरी १८ करोड ७६ लाख, नेपाल लाइफको १६ करोड ३ लाख, राष्ट्रिय बीमा कम्पनीको संस्थापकको १५ करोड ९४ लाखको कारोबार भएको बजारमा शिवम् सिमेन्ट, नागरिक लगानी कोष, एनआईसी एशिया बैंक र सानिमा जनरल इन्स्योरेन्सको उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-11-12 15:00:00
NRIC 285,505,669.00 983.00
NTC 260,791,609.00 954.00
PRVU 208,268,616.00 282.00
HDL 187,685,490.00 2,420.00
NLIC 160,378,535.00 1,519.00
RBCLPO 159,436,338.00 14,800.00
SHIVM 136,454,339.00 832.00
CIT 136,384,612.00 4,460.00
NICA 124,924,274.00 644.00
SGI 112,929,421.00 570.00
  • दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आज बिशाल बजार र साल्ट ट्रेडिङ्ग कर्पोरेशन गरी दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यसैगरी नाडेप लघुवित्त, राष्ट्रिय बीमा कम्पनीको संस्थापक, सबैको लघुवित्त, नेपाल टेलिकम, सानिमा जनरल इन्स्योरेन्स, जनउत्थान सामूदायिक लघुवित्त, गुहेश्वरी मर्चेन्ट फाइनान्स र नेपाल सेवा लघुवित्तको शेयरमूल्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-12 15:00:00
BBC 2,752.00 250.00 9.99
STC 5,989.00 544.00 9.99
NADEP 795.00 60.00 8.16
RBCLPO 14,800.00 1,000.00 7.25
SABSL 932.00 55.00 6.27
NTC 954.00 47.00 5.18
SGI 570.00 22.00 4.01
JSLBB 1,544.00 57.00 3.83
GMFIL 195.00 7.00 3.72
NSEWA 748.00 24.00 3.31
  • गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाए

आजको बजारमा गणपति माइक्रोफाइनान्सको शेयर लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै ४६ रुपैयाँ अर्थात ५.२३ प्रतिशतले गुमाएका छन् ।

पञ्चकन्या माई हाइड्रोपावर, एनआईसी एशिया ग्राथ फण्ड, रैराङ्ग हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रचर, आइसीएफसी फाइनान्स, सिद्धार्थ इक्वीटी फण्ड, मिथिला लघुवित्त, ङादी ग्रुप पावर र मिर्मिरे लघुवित्तका शेयरधनीले आजको बजारबाट गुमाएका छन्।

Symbol LTP Point Change % Change
As of 2020-11-12 15:00:00
GMFBS 834.00 -46.00 -5.23
PMHPL 146.00 -6.00 -3.95
NICGF 10.70 -0.40 -3.60
RRHP 253.00 -9.00 -3.44
NRN 362.00 -12.00 -3.21
ICFC 290.00 -9.00 -3.01
SEF 10.40 -0.31 -2.89
MLBBL 920.00 -27.00 -2.85
NGPL 214.00 -6.00 -2.73
MMFDB 902.00 -23.00 -2.49

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।