प्रि-ओपनिङ्गमा २२ कम्पनीको कारोबार, १० को मूल्य बढ्यो

0
Shares

बुधबार प्रि ओपनिङ्ग सेसनमा २२ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । ७ कम्पनीको स्थीर रहेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज नेप्से ०.१८ प्रतिशत अर्थात ३.१४ अंकले बढेर १ हजार ७२१ दशमलव ६४ अंकमा पुगेको छ ।

यस अवधिमा २२ कम्पनीका १५ हजार ४६० कित्ता शेयर ६७ लाख ६५ हजार ५४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ मंसिर २०७७, बुधबार  १० : ४८ बजे