युनाइटेड इन्स्योरेन्सबाट भट्टराई बाहिरिए


युनाइटेड इन्स्योरेन्स कम्पनी (UIC) का कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई बाहिरिएका छन् । उनको करार अवधि गत कात्तिक २४ गते सकिएसंगै बिदाइ भएका हुन् ।

कम्पनी प्रबेश गर्दा डेपुटि प्रमूख कर्यकारी अधिकृत रहेको भट्टराई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत भएका थिए । बीमकको सुशासन निर्देशिका अनुसार ३ महिना भन्दा कार्यबाहक पदमा नियुक्त गर्नु पाइँदैन । तर, कम्पनीले भट्टराईलाई लामो समय कायम मुकायम प्रमूख कार्यकारीमा नै राखेको हो ।

आफ्नो कार्यकाल कम्पनीलाई व्यवसायिक रुपमा सञ्चालन गरेका थिए भने वित्तीय आधारमा पनि कम्पनीलाइ धेरै सुधार गरेका थिए । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा कम्पनीले ४४ प्रतिशतले बढोत्तरी गर्दै २७ करोड ७४ लाख रुपैयाँ कुल बीमा शुल्क आम्दानी गरेको छ ।

भट्टराइ बाहिरिएसंगै कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत उपासना पौडेललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।