नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब साधारण शेयर निष्काशन प्रस्ताव पारित


नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बरावरको साधारण शेयर निष्काशन गर्ने भएको छ । बैंकको बुधबार सम्पन्न साधारणसभाले पारित गरेपछि साधारण शेयर निष्कासन गर्ने निश्चित भएको हो ।

बैंकको रजिष्टर्ड कार्यालयमा काठमाडौं १०, बानेश्वरमा सम्पन्न भएको साधारणसभाले नियमनकारी निकायको स्वीकृति पश्चात निष्काशन हुने गरी जारी पूँजीको ४० प्रतिशतले हुने जम्मा आठ अर्ब रुपैंयाको ८ करोड कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको हो ।

त्यसैगरी आर्थिक बर्ष २०७६/७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ ।

कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्य जोखिम बाट जोगिन÷जोगाउन आफ्ना शेयरधनीहरु अनलाईन माध्ययमबाट समेत सहभागी हुन सक्नेगरी सभाको कार्यक्रम तय गरिएको थियो भने सभामा प्रत्यक्ष रुपमा उपस्थित हुने शेयरधनी महानुभावहरुलाई समेत स्वास्थ्य सम्बन्धी मापदण्डहरु पुर्ण पालना हुने व्यवस्था मिलाईएको बै.कले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७६/७७ मा जलविद्युत, सीमेन्ट क्लिङ्कराइजेशन एवं सौर्य उर्जा समेत ५ वटा परियोजनाहरुमा ६ अर्ब कर्जा स्वीकृत गरी ५० करोड कर्जा प्रवाह गरेको छ । चालु आवमा बैंकले ३ वटा परियोजनाहरुमा २ अर्ब ८५ करोड रुपैयाँको थप कर्जा स्वीकृत गर्दै हालसम्म जम्मा ८ अर्ब ८५ करोड बरबरको कर्जा स्वीकृत गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।