प्रि-ओपनिङ्गमा २३ कम्पनीको कारोबार, १७ को मूल्य बढ्यो

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा २३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १७ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ । ४ कम्पनीको स्थीर रहेको छ ।

यस अवधिमा २३ कम्पनीका ४ हजार ७९६ कित्ता शेयर ४५ लाख ६० हजार २९६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज नेप्से ०.४९ प्रतिशत अर्थात ८.६१ अंकले बढेर १ हजार ७५० दशमलव ४२ अंकमा पुगेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ मंसिर २०७७, बिहीबार  १० : ४९ बजे