अपि पावर कम्पनी (API) ले बिक्रीम ल्याएको चुक्ता पूँजीको ४७ प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (मंसिर ४ गते) बिहीबार अन्तिम दिन रहेको छ ।
अपि पावर कम्पनीले गत कात्तिक १४ गतेदेखि १०० कित्ता बराबर ४७ कित्ताको अनुपातमा १०० रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गरेको थियो ।
हकप्रद निष्काशनका लागि गत चैत १ गते शेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । चैत १ गतेभन्दा पहिले कायम शेयरधनीले मात्र अपिको हकप्रदमा आवेदन गर्न पाउने छन् ।
सिद्धार्थ क्यापिटलको बिक्री प्रबन्धकत्वमा निष्काशन भएको हकप्रदमा नक्सालस्थित क्यापिटलको कार्यालय, थापाथलीस्थित अपि पावरको कार्यालय, ग्लोबल आईएमई बैंक र सिद्धार्थ बैंकका निश्चित शाखाहरुबाट आवेदन दिन सकिनेछ ।
यसका अलावा मेरो शेयरबाट पनि आवेदन गर्न सकिनेछ भने मेरो शेयर नलिएका शेयरधनीले आफ्नो खाता रहेको बैंकमा पुगेर आस्वा प्रणाली मार्फत पनि आवेदन गर्न सक्नेछन् ।
१ अर्ब १९ करोड ७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको अपीले ४७ प्रतिशत हकप्रद बिक्री गरेर चुक्ता पूँजी १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुर्याउनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया