शेयर बजारमा बिहीबार कारोबार रकमका आधारमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बिहीबर आधा घण्टा कारोबार समय बाँकी छँदै कारोबार रकमका आधारमा बनेको रेकर्ड तोडिएको हो ।
बिहीबार साढे २ बजेसम्ममा नै ५ अर्ब ३१ करोड बढीको शेयर किनबेच भएको हो । यो रकम हालसम्मकै उच्च हो ।
यसअघि २०७६ फागुन १८ गते एकैदिन ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । सो दिन बजार पूँजीकरण २० खर्ब ३१ अर्ब कायम भएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया