अक्सन मार्केटः समृद्धि फाइनान्सको साढे १८ लाख कित्ता शेयरको लिलामी खुल्दै

0
Shares

समृद्धि फाइनान्स लिमिटेडले मंसिर १० गते बुधबारदेखि १८ लाख ५१ हजार ४५७ कित्ता शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ ।

फाइनान्सले गत असोज १६ गते कात्तिक ६ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रदमा अवितरित सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता र संस्थापक समूहको १३ लाख ८५ हजार २६८ कित्ता लिलामीमा ल्याउन लागिएको हो ।

इच्छुक लगानीकर्ताले बिओके क्यापिटल मार्केट लिमिटेड, कमलादी काठमाडौँ तथा बैंक अफ काठमाण्डू लिमिटेडका विराटनगर, वीरगंज, जनकपुर, विर्तामोड, धनुषा, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल, बागलुङ, घोराही, सुर्खेत, नेपालगञ्ज, विरेन्द्रनगर तथा धनगढीका शाखा कार्यालयबाट लिलामीमा आवेदन दिन सक्नेछन् ।

आवेदन गर्दा प्रतिशेयर १०० रूपैयाँ वा सो भन्दा बढी प्रतिस्पर्धात्मक मूल्यमा बोलपत्र पेश गर्न सकिनेछ । न्युनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन मंसिर १७ गते बुधबारसम्म रहेको छ ।  फाइनान्सको साधारण शेयर मंसिर ४ गते बिहीबार प्रतिकित्ता १४१ रुपैयाँमा कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार  १४ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।