हिमालयन क्यापिटलको साधारण सभा आह्वान

0
Shares

हिमालयन क्यापिटल लिमिटेडले मंसिर २९ गते, सोमबार कम्पनीको रजिष्टर्ड कार्यालय, ठमेल, काठमाडौंमा दिउँसो ३ बजे वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको कार्तिक २७ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा कम्पनीको तेश्रो वार्षिक साधारण सभा आह्वान गरेको हो ।

सभाले आर्थिक वर्ष २०७६र७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने र सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने प्रस्ताव छ ।

यस्तै सभामा आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने  र स्वतन्त्र महिला सञ्चालकको नियुक्ती एजेण्डा पनि सभामा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार  १५ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।