एनआरएन लघुवित्तले तीन महिनामा कमायो करिब २ करोड नाफा

0
Shares

एनआरएन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ८५ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा १३ लाख ९३ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनीको मर्जरका कारण नाफामा वृद्धि भएको कम्पनीमा नेप्सेमा सूचीकृत किसान लघुवित्त सहित पाँच कम्पनी (दीब्य, क्रियटिभ, रामारोशन,एनआरएन, किसान ) एक भएका थिए ।

असोज मसान्तसम्ममा कम्पनीले ७ करोड १९ लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आवको यसै अवधिमा १ करोड १० लाख ६४ हजार रुपैयाँ थियो । ५८ लाख ९६ हजार रुपैयाँ नोक्सानीमा पुगेको कम्पनी १ करोड १२ लाख ५९ हजार रुपैयाँ सञ्चालन नाफामा पुगेको छ ।

चुक्ता पूँजी ३९ करोड २८ लाख ८ हजार रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी वार्षिक ४.७२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १२२.८४ रुपैयाँ छ ।

लघुवित्तको खराब कर्जा अनुपात ३.२३ प्रतिशत छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ मंसिर २०७७, शनिबार  १६ : ४२ बजे