प्रि-ओपनिङ्गमा १५ कम्पनीको कारोबारः ९ अंकले नेप्से बढ्दा ७ को मूल्य बढ्यो

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ०.५५ प्रतिशत अर्थात ९.७६ अंकले बढेर १ हजार ७९० दशमलव १९ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज १५ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ । ५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा १५ कम्पनीका १ हजार ८ कित्ता शेयर ९ लाख ४ हजार ६२६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ मंसिर २०७७, मंगलबार  १० : ५१ बजे