नेप्से फेरि १ हजार ८०० बिन्दुमाथि, ८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

0
Shares

शेयर बजार सूचक माप कनेप्से फेरि १ हजार ८०० बिन्दुमाथि पुगेर बन्द भएको छ । मंगलबार होटल बाहेक कारोबारमा आएका ११ उपसमूहका सूचक सकारात्मक हुँदा नेप्से २९.६८ अंक (१.६७ प्रतिशत) ले बढेर १ हजार ८१० दशमलव ११ बिन्दुमा बन्द भएको हो ।

आज १९६ कम्पनीका १ करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर ५ अर्ब ४४ करोड २९ लाख ५० हजार १८९ रुपैयाँमा खरीद बिक्री भएका छन् । यस्तै सेन्सेटिभ इन्डेक्स ४.४२ अंकले बढेर ३४९.३७ बिन्दुमा पुगेको छ ।

आज कारोबारमा आएका ८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल तराई, हिमालयन डिष्टिलरी, बिशाल बजार कम्पनी, आँखुखोला हाइड्रोपावर, मल्टिपपर्स फाइनान्स, अजोड इन्स्योरेन्स, ङादी ग्रुप पावर, नेको इन्स्योरेन्स शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । नेशनल माइक्रोफाइनान्स, र पोखरा फाइनान्सको पनि ८ प्रतिशत धेरैले मूल्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-24 15:00:00
BNT 10,400.00 945.00 9.99
HDL 3,426.00 311.00 9.98
BBC 3,591.00 325.00 9.95
AKJCL 133.00 12.00 9.92
MPFL 167.00 15.00 9.87
AIL 646.00 58.00 9.86
NGPL 248.00 22.00 9.73
NIL 1,090.00 90.00 9.00
NMFBS 1,850.00 150.00 8.82
PFL 216.00 16.00 8.00

 

  • एनआईसी एशिया बैंकको उच्च कारोबार

आजको बजारमा एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । बैंकको १९ प्रतिशत बोनस शेयर सुरक्षित गर्ने आज अन्तिम भएका कारण कारण कारोबार रकमका आधारमा पहिलो स्थानमा आएको हो । बैंकका ५ लाख ३८ हजार कित्ता शेयर ३७ करोड ३३ लाख रुपैयाँमा खरीद बिक्री भएका छ ।

यसैगरी नेपाल टेलिकम, नेपाल रि इन्स्योरेन्स कम्पनी, हिमालयन डिष्टिलरी, नेको इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, शिवम् सिमेन्टस्, र शिखर इन्स्योरेन्सको पनि उच्च कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2020-11-24 15:00:00
NICA 373,386,505.00 697.00
NTC 285,117,188.00 994.00
NRIC 258,203,579.00 1,159.00
HDL 209,478,275.00 3,426.00
NIL 201,473,586.00 1,090.00
NLICL 189,924,988.00 899.00
NLIC 183,314,268.00 1,652.00
NBL 176,970,283.00 378.00
SHIVM 152,302,542.00 980.00
SICL 147,679,551.00 1,586.00
  • सोल्टीका लगानीकर्ताले गुमाए

आजको बजारमा सोल्टी होटलको शेयरमा लगानी गरेका लगानीकर्ताले गुमाएका छन् । होटलको शेयर ३.२० प्रतिशतले घटेर २१२ मा झरेको छ । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको पनि ३ प्रतिशत बढीले मूल्य घटेको छ ।

जानकी फाइनान्स, युनिलिभर नेपाल, अपि पावर, एभरेष्ट इन्स्योरेन्सको , गणपति माइक्रोफाइनान्स, हिमालयन बैंक, नेपाल फाइनान्स, र सानिमा इक्वीटी फण्डको इकाईमूल्य पनि घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-11-24 15:00:00
SHL 212.00 -7.00 -3.20
SAPDBL 158.00 -5.00 -3.07
JFL 257.00 -7.00 -2.65
UNL 20,286.00 -414.00 -2.00
API 256.00 -5.00 -1.92
EBLCP 607.00 -11.00 -1.78
GMFBS 830.00 -15.00 -1.78
HBL 590.00 -9.00 -1.50
NFS 265.00 -4.00 -1.49
SAEF 11.00 -0.15 -1.35

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ मंसिर २०७७, मंगलबार  १५ : २४ बजे