एनएमबि लघुवित्त वित्तीय संस्थाले २०५ लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १९% बोनस र कर सहित १% नगद लाभांश दिने निर्णय गरेको हो ।
जसअनुसार कम्पनीले ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँ बराबरको बोनस तथा ४५ लाख ३६ हजार १७५ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ । गत वर्ष कम्पनीले १२.६३% लाभांश वितरण गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया