ग्लोबल आईएमई लघुवित्तले साउन २१ देखि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

0
Shares

ग्लोबल आईएमई लघुवित्तले साउन २१ गतेदेखि एक बराबर एक अनुपातमा हकप्रद निष्काशन गर्ने भएको छ ।

कम्पनीले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।
कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटले गर्नेछ ।

कम्पनीले हकप्रद निष्काशनको लागि साउन १ गते बुक क्लोज गरेको थियो । यस अनुसार असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउनेछन् । हकप्रद भर्ने म्याद साउन २३ गतेसम्म रहेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ११ करोड ४ लाख छ । शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पूँजी २२ करोड ८ लाख पुग्ने छ ।