मल्टिपर्पस फाइनान्सको साधारण सभा आह्वान, शेयरधनीलाई छैन लाभांश

0
Shares

मल्टिपर्पस फाइनान्स (MPFL) ले बिना लाभांश मंसिर १९ गते आर्थिक वर्ष २०७५।७६ को वार्षिक साधारण सभा बोलाएको छ ।

केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजे आह्वान गरिएको २२ औं वार्षिक साधारण सभामा लाभांश बाहेकका सामान्य प्रस्तावहरु मात्र राखिएको छ ।

सभाले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने लगायत प्रस्तावहरु उपर छलफल गरी पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि फाइनान्सले मंसिर ११ गतेदेखि बुकक्लोज गरिसकेको छ । यसअनुसार मंसिर १० गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ मंसिर २०७७, बिहीबार  ०९ : ५७ बजे