बिहीबार प्रि-ओपनिङ्ग मै तोडियो ‘अल टाइम हाइ’ को रेकर्ड, नेप्से १९ सय अंक नजिक

0
Shares

शेयर बजार परिसूचक मापक नेप्सेको ऐतिहासिक उच्च बिन्दु बिहीबारको प्रि ओपनिङ्ग सेसनमा नै तोडिएको छ ।

यसअघि २०७३ साउन १२ गते नेप्से १८८१ बिन्दुमा पुग्दै हालसम्मकै उच्च बिन्दुमा पुगेकोमा बिहीबारको कारोबार समय भन्दा अघि १५ मिनेट खुला हुने प्रि ओपनिङ्ग सेसनमा नै उक्त रेकर्ड तोडिएर नयाँ रेकर्ड बनेको हो ।

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १.०५ प्रतिशत अर्थात १९.६९ अंकले बढेर १ हजार ७९४ दशमलव ७९ अंकमा पुगेको छ ।

आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ६० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने ६ कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा ६० कम्पनीका १६ हजार १८१ कित्ता शेयर ८० लाख ४८ हजार ७०९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ मंसिर २०७७, बिहीबार  १० : ४१ बजे