काठमाडौँ । बलेफी हाईड्रोपावरको शेयर रजिष्ट्रार परिर्वतन सम्बन्धी सूचनामा हिमालयन इन्भेष्टमेन्ट बैंकर नियुक्त भएको छ । कम्पनीको संचालक समितिको दरवारमार्ग काठमाडौंमा रजिष्ट्रर्ड कार्यालयमा आज आयोजित एक समारोहबिच शेयर रजिष्ट्रार परिर्वतन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
संचालक समितिको निर्णय अनुसार धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नको लागि हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर,काठमाण्डौंलाई नियुक्त गरेको हो ।
त्यसकारण शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु हिमालयन इन्भेष्टमेन्ट बैंकर मार्फत हुने ब्यहोरा सम्पूर्ण शेयरधनी महानुभाव लगायत सम्बन्धित सबैलाई एक विज्ञप्ति मार्फत को जानकारी गराएको छ ।












प्रतिक्रिया