नेप्सेमा ५० करोड १९ लाख कित्ता धितोपत्र सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा यस साता ५० करोड १९ लाख ५६ हजार ३५६ कित्ता धितोपत्र सूचीकृत भएको छ । जसमध्ये ३ वटा प्राथमिक निष्काशन (आईपीओ) र दुई कम्पनीको बोनस शेयर तथा एक कम्पनीको हकप्रद शेयर छ ।

नेप्सेका अनुसार राष्ट्र बैंकका तीनवटा विकास ऋणपत्रहरु सूचीकृत भएको छ । विकास ऋणपत्र २०८६ ‘घ’ को २० करोड कित्ता, विकास ऋणपत्र २०८७ ‘घ’ को २० करोड र विकास ऋणपत्र २०८४ ‘घ’ को १० करोड कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

त्यसैगरी नारायणी डेभलपमेन्ट बैंकको २ लाख १८ हजार ७ सय ८६ कित्ता बोनस, नेरूडे लघुवित्त वित्तीय संस्थाको ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस र सिभिल लघुवित्तको ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

S.N. Name Listed Unit Listed Date Type of Listing
1 Development Bond 2086 Gha 200,000,000.00 8/5/2077 IPO
2 Development Bond 2084 Gha 100,000,000.00 8/5/2077 IPO
3 Development Bond 2087 Gha 200,000,000.00 8/5/2077 IPO
4 Narayani Development Bank 218,746.00 8/8/2077 Bonus
5 Civil Laghubitta Bittiya Sansthan 1,141,140.00 8/9/2077 Right
6 Nerude Laghubitta Bittiya Sansthan 596,470.50 8/12/2077 Bonus
  Total 501,956,356.50  

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ मंसिर २०७७, शुक्रबार  १३ : ४९ बजे