
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अन्र्तगत ३ स्थानमा भएको मतदानमा दिउँसो सवा १ बजेसम्म ७१ प्रतिशत भोट खसेको छ ।
निर्वाचनस्थलमा खटिएका नोटबजारका संवाददाताका अनुसार यो समाचार तयार पार्दासम्म वस्तुगत तर्फ ६३ भोट, जिल्लानगर तर्फ ७६ र एशोसियटतर्फ ६४३ भोट खसिसकेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा अन्तर्गत नयाँ नेतृत्व चयनका बिहान ८ बजेबाट मतदान सुरु भएको हो ।
महासंघको चुनावमा जिल्लानगर तर्फ कुल १०५ मध्ये ७६ मत खसेको छ भने बस्तुगत तर्फ कुल १०१ मध्ये ६३ मत खसेको छ । त्यस्तै एसोसिएट तर्फ कुल ९०४ मत मध्ये ६४३ मत खसेको छ ।

कमलादीमा उद्योग वाणिज्य समूह (जिल्ला नगर), बबरमहलमा एशोसिएट सदस्य समूह र टेकुमा बस्तुगत संघ समूहका मतदाताले मतदान गरिरहेको महासंघले जनाएको छ । कोराना संक्रमित मतदाताहरुका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा व्यवस्था गरिएको छ ।
बिहान ८ बजेबाट सुरुभएको मतदान उपराह्न ४ बजेसम्म जारी रहने महासंघले जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया