समीट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMFDB) ले ५४ हजार ९०० कित्ता संस्थापक शेयरको बिक्री खुला गरेको छ । लघुवित्तका ७ संस्थापहरुले शेयर बिक्रीका लागि निवेदन दिएपछि उक्त शेयरको बिक्री खुला गरिएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्तले पहिलो चरणमा विद्यमान संस्थापहरुका लागि उक्त शेयरको बिक्री खुला गरेको छ ।
इच्छुक संस्थापकले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको केन्द्रीय कार्यालय, गोरखामा पुग्नेगरी निवेदन दिन सक्नेछन् ।
सो मितिमा विद्यमान संस्थापकबाट सबै शेयर खरीदका लागि आवेदन नपरेको वा सबै बिक्री नभएको खण्डमा लघुवित्तले आम सर्वसाधारणमा दोस्रो चरणमा बिक्रीमा ल्याउनेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया