काठमाडौँ। मन्जुश्री फाइनान्स लिमिटेड, नेपालगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोहलपुर नगरपालिकालाई नगर स्वस्थ प्रबर्धन केन्द्र संचालन गर्न करिब १ लाख बराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स ब्यवस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
सो कार्यक्रममा मन्जुश्री फाइनान्सलाई प्रतिनिधित्व गर्दै नेपालगंज शाखाकी कार्यालय प्रमुख स्नेहा भुसालले नगरपालिकालाई सो सामग्री वितरण गरेको हो ।
आफ्ना विभिन्न शाखाहरु मार्फत मन्जुश्री फाइनान्सले आफ्नो सामाजिक दायित्वलाई पुरै जोशका साथ पुरा गर्दै आएको छ भने आगामी दिनहरुमा पनि अझै समाजको उन्नतिको लागि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन्छ भन्ने विश्वास रहेको छ ।
मन्जुश्रीले हालसम्म २२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि करिब १८.२ अर्ब कर्जा परिचालन गरेको छ । निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रवाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा विस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंङ सेवा उपलब्ध गराईरहेको छ ।












प्रतिक्रिया