सेञ्चुरी बैंकको शाखा कोहलपुरमा, शाखा संजाल ११४ पुग्यो

0
Shares

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मिति २०७७ मंसिर १४ गतेबाट बाँके जिल्लाको कोहलपुरमा नयाँ शाखा संचालनमा ल्याएको छ । नयाँ शाखा संचालनमा आएलगतै बैंकको शाखा संजाल ११४ पुगेको छ ।

ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उद्देश्यले बाँके जिल्लाको कोहलपुर गा.वि.स. ११ बाट बैकिङ्ग सेवा सुरु गरेको हो ।

सबै क्षेत्रसम्म बैकिङ्ग सेवा विस्तार गर्ने उद्देश्यले यसअघि बैकले विभिन्न स्थानमा शाखा, शाखारहित बैकिङ्ग सेवा तथा एक्सटेनसन काउण्टरहरु संचालनमा ल्याई बैकिङ्ग सेवाहरु ग्राहकवर्गहरुलाई प्रदान गदै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।