काठमाडौँ । हिमस्टार ऊर्जा कम्पनीको आइपीओ बाँडफाँट बुधबार सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडको कार्यालय थापाथलीमा आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ करोड ७३ लाख ९७ हजार ५ सय रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९७५ कित्ता शेयर गत असार २४ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो।
सो शेयरमा कुल २० लाख ४४ हजार ४५६ जनाले २ करोड ४० लाख १३ हजार ९७० कित्ता शेयरका लागि आवेदन दिएका थिए जसमध्ये १९ लाख २८९ आवेदन स्वीकृत भएको छन् भने १ लाख ४९ हजार ८० आवेदन रद्द भएका छन्। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।
स्वीकृत आवेदनमध्ये ७७ हजार ३९२ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् भने ५ भाग्यशाली लगानीकर्ताले भने ११ कित्ताको दरले शेयर प्राप्त गरेका थिए।












प्रतिक्रिया