कुमारी बैंक लगायत ३ कम्पनीको शेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लगायत ३ कम्पनीको शेयरमूल्य समायोजित भएको छ । सोमबार नेप्सेमा कुमारी बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन र रिडी हाइड्रोपावरको शेयर मूल्य समायोजन भएको हो।

नेप्सेले कुमारी बैंकको बोनसपछिको शेयरमा मूल्य समायोजन गरेको हो। बैंकको १०.८५ प्रतिशत बोनस शेयर पछि बैंकको शेयर मूल्य प्रतिकित्ता २७३ रूपैयाँ कायम गरेको छ ।

आइतबारको बजारमा कुमारी बैंकको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको बीसौँ वार्षिक साधारण सभा मंसिर २९ गते, सोमबार, बैंकको रजिष्टर्ड कार्यालय, टङ्गाल, काठमाडौँमा हुँदैछ।

बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई १०.८५ प्रतिशतका दरले बोनस शेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश ९कर समेत० वितरण गरिने विशेष प्रस्ताव गरेको छ ।

यस्तै नेप्सले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन गरेको छ । कम्पनीको २५ प्रतिशत बोनस शेयर पछि शेयर मूल्य प्रतिकित्ता ६ हजार रूपैयाँ कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ७ हजार ५ सय रुपैयाँ थियो ।

कमपनीले आर्थिक वर्ष ७५/७६को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको ५ प्रतिशत बोनस शेयर पछि शेयर मूल्य प्रतिकित्ता १६८ रूपैयाँ कायम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य १७६ रुपैयाँ थियो।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांशलाई कम्पनीको मंसिर २६ गते हुने १९औं वार्षिक साधारण सभाले पारितथ गर्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमबार  ०८ : २९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।