काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबार सुन तोलामा ३०० रुपैयाँले बढेको हो । चाँदीमा पनि ५ रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी प्रतितोला २ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३४२.५५ अमेरिकी डलर र ३७.४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया