काठमाडौँ । बिहिबर देखि बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा ब्यादर घटाएका छन् । वाणीज्य बैंकहरुले बिहिबारदेखि लागु हुने गरेर बचत तथा छोटो अवधिको मुद्दती निक्षेपको ब्याजदर घटेर न्यूनतम २.७५ प्रतिशत कायम गरेका हुन् ।
अब सर्वसाधारणले बचतमा पाइने ब्याज घटेको छ भने कर्जा पनि थप सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले नीतिगत दरहरु घटाएपछि बैंकहरुले ब्याजदर कम गरेका हुन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत करिडोरको माथिल्लो सीमा ०.५० प्रतिशतले र तल्ललो सीमा ०.२५ प्रतिशतले घटाएको छ । अब निक्षेपको ब्याजदर २.७५ प्रतिशत कायम भएको हो । गत आर्थिक वर्षमा निक्षेपको ब्याजदर ३ प्रतिशत रहेको थियो ।
निक्षेपको ब्याजदर घट्दा बैंकहरुको कोषको लागत कम हुन्छ जसले गर्दा उनीहरुको आधार दर घट्न जान्छ । आधार दर घटेपछि त्यसैमा आधारित भएर कर्जाको ब्याजदर पनि स्वतः सस्तो हुन्छ ।
गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुको औसत कर्जा ब्याजदर ७.९९ प्रतिशत रहेकोमा अब थप घट्ने निश्चित भएको छ ।












प्रतिक्रिया