काठमाडौँ । आर्थिक वर्ष २०८२÷८३ लाई सेयर बजारले धमाकेदार स्वागत गरेको छ । आर्थिक वर्षको पहिलो दिन बिहिबार नेप्से परिसुचकमा फराकिलो अन्तरको सुधार देखिएकोे छ भने कारोबार रकमले पनि छलाङ मारेको छ ।
बिहिबार नेप्से ७५.८४ अंकले बढेर २८७०.६३ अंकमा पुगेको छ । कारोबारमा आएका ३११ कम्पनीका ३ करोड ४६ लाख ३४ हजार ३५० कित्ता सेयरहरु १ लाख ४१ हजार ४३४ पटक किनबेच हुँदा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
बिहिबार सबै उपसमूहमा सुधार आएको छ । जीवन बीमा समूह ४१७.२८ अंकले बढेको बजारमा निर्जीवन बीमा समूह २७८.८०, उत्पादन तथा प्रशोधन समूह १८१.२५, होटल तथा प्रर्यटन समूह १८१.२५, लघुवित्त समूह १३०.२४, विकास बैंक समूह ११५.८७ अंकले बढ्दा अन्य समूह ११९.८७ अंकले बढेको छ । जलविद्युत समूह १११, व्यापार समूह ७३.१५, वित्त समूह ७२.०८ र बैंकिङ्ग समूह पनि २६.७२ अंकले बढेको छ ।
ट्रेड टावर, शुभम पावर थ्री स्टार हहाइड्रोपावर, स्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बाराही हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।
एनआइबीएल स्टेबल फण्डको एकाई मूल्य ७.५८ प्रतिशतले घटेको बजारमा एनआईसी एसिया फण्डको इकाई मूल्य पनि ६.२१ प्रतिशत घटेको छ । रिलाइबल समृद्धि योजनाको सेयर मूल्य ५.७४ प्रतिशत, मुक्तिनाथ म्याचुअल फण्डको इकाई मूल्य ४.९५ प्रतिशतले घटेको छ ।
८५ करोड ४२ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार सहित नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा कुमारी धनवृद्धि योजना २० लाख ३४ हजार ३०० इकाईको कारोबार सहित शीर्षस्थानमा छ । कारोबार संख्याको आधारमा साहस ऊर्जा २ हजार ८२५ पटकको कारोबार सहित शीर्षस्थानमा छ ।
बिहिबारको कारोबार सँगै कुल बजार पूँजीकरण ४७ खर्ब ८३ अर्ब ३७ करोड ६० लाख १० हजार रुपैयाँ कायम भएको छ । बुधबार ४६ खर्ब ५६ अर्ब ९८ करोड ९३ लाख ६२ हजार रुपैयाँ बजार पूँजीकरण कायम भएको थियो ।












प्रतिक्रिया