सुनचाँदीको मूल्य लगातार वृद्धि


काठमाडौँ । लगातार २ दिन सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबार सुन तोला २०० रुपैयाँले बढेको छ । बिहीबार सुन तोलामा ३०० रुपैयाँले बढेको थियो ।

शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले बढेको हो । बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार २६६ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३३४.९५ अमेरिकी डलर र ३८.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।