युनिलिभर नेपालको साधारण सभा आज, शेयरधनीलाई लाभांश पाउने

0
Shares

युनिलिभर नेपाल लिमिटेडले आज ( मंगलबार) २७ औँ वार्षिक साधारण सभा सम्पन्न गर्दैछ ।

कोरोना भाइरसका कारण कम्पनीले अपरान्ह ३ः४५ बजे भिडियो कन्फ्रेन्सिङ्गको माध्यमबाट कर्पोरेट कार्यालयमा साधारण सभा आयोजना गर्दैछ । साधारण सभामा सहभागिता जनाउन कम्पनीले यसअघि नै गाइडलाइन जारी गरिसकेको छ ।

साधारण सभाले कम्पनी सञ्चालक समितिको असोज ९ गते शुक्रबारको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६।०७७ को सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई प्रति शेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको परियोजनाहरुको खर्चहरुलाई पारित गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, प्रबन्ध निर्देशकको पारिश्रमिकको बारेमा जानकारी गराउने लगायतका प्रस्तावहरु पारित हुनेछ ।

त्यसैगरी साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि कम्पनीले कार्तिक २७ गते बुकक्लोज गरेको थियो । यसअनुसार कार्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन पाउनका साथै लाभांश पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ मंसिर २०७७, मंगलबार  ०९ : १६ बजे