नयाँ आर्थिक वर्ष सुरु भएपछि सुनचाँदीको मूल्यमा लगातार वृद्धि


काठमाडौँ । नयाँ आर्थिक वर्ष सुरु भए पछि सुनको मूल्यमा लगातार वृद्धि भएको छ । शुक्रबार सुन तोला २०० रुपैयाँले बढेको छ । आर्थिक वर्षको सुरुको दिन अर्थात् बिहीबार सुन तोलामा ३०० रुपैयाँले बढेको थियो भने शुक्रबार पनि तोलामा २०० रुपैयाँले बढेको थियो । आइतबार सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेर २ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ३५०.५३ अमेरिकी डलर र ३८.२२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।