सेयर बजार परिसुचक नेप्से स्थिर रहँदा, कारोबार रकम ३३६ दिनपछिको उच्च


काठमाडौँ बजार खुल्दा क्रमिक रुपमा उकालो लागेको सेयर बजारले लय लिन नसक्दा नेप्से परिसुचक स्थिर रहेको छ ।

सेयर बजार आइतबार कारोबार अवधिभरि उतारचढावको चक्रमा रहँदै दिउँसो १ः०१ बजे २९२२.१९ अंकको उच्चतम बिन्दुमा पुगेपछि क्रमिक ओरालो लाग्दै ०.३२ अंकले बढेर २८७०. ९५ मा बन्द भएको हो ।

बिहिबार नेप्से ७५.८४ अंकले बढेर २८७०.६३ अंकमा पुग्दा कारोबार रकम १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँ पुगेको थियो ।

नेप्सेमा गिरावट आएपनि लगानीकर्ताहरु उत्साहित बन्दा कारोबार रकम ३३६ दिन पछिको उच्च विन्दुमा पुगेको छ । कारोबारमा आएका ३१६ वटा कम्पनीका ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयरहरु १ लाख ७८ हजार पटक किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ । यसअघि २०८१ भदौ २ गते आइतबार कारोबार रकम २८ अर्ब २७ अर्ब २९ लाख रुपैयाँको कारोबार भएको थियो ।

आइतबार जिवन बीमा समूह १९२२.२० अंकले बढेको बजामा निर्जीवन बीमा समूह १७९.५५ अंकले घटेको छ । होटल तथा पर्यटन समूह ८८.५८ अंकले र अन्य समूह ८३.२१ अंकले बढदा उत्पादन तथा प्रशोधन समूह ८५.५१, वित्त समूह ५९.८५, बैकिङ्ग समूह २१.४१ अंकले घटेको छ ।

उन्नती सहकार्य लघुवित्त, सान्भी इनर्जी, ट्रेड टावर, शिवश्री हाइड्रोपावर, बिन्ध्यवासिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

यता, समृद्धि फाइनान्सको सेयर मूल्य ८.८८ अंकले घटेको छ । १२ प्रतिशत गुविल फाइनान्सको डेभेन्चर मूल्य ७.७५ प्रतिशत, १०.२५ प्रतिशत सनराइज बैंकको डेभेन्चर मूल्य ५.८६ प्रतिशत, दोर्दी खोला जलविद्युतको सेयर मूल्य ४.६१ प्रतिशतरे र पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य ४.५१ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी ९८ करोड ५५ लाख ५२ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा सिटिजन्स सुपर ३० म्याचुअल फण्ड ३१ लाख ७ हजार २०० इकाईको कारोबार सहित अग्रस्थानमा रहदा कारोबार संख्याको आधारमा हिमालयन रिइन्स्योरेन्स ४ हजार ३०६ पटकको कारोबार सहित शीर्षस्थानमा छ ।

आइतबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४७ खर्ब ८७ अर्ब १९ करोड ७९ लाख रुपैयाँ कायम भएको छ ।

बिहिबार कुल बजार पूँजीकरण ४७ खर्ब ४३ अर्ब ३७ करोड ६० लाख रुपैयाँ कायम भएको थियो ।

 

प्रकाशित मिति: ४ श्रावण २०८२, आइतबार  १५ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।