एनआईसी एशिया बैंक २८ वर्षमा प्रवेश


काठमाडौँ । एनआईसी एशिया बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ । बैंकले सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ २८ वर्षअघि आजकै दिन शुरू भएको थियो ।

अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २८ औं वार्षिकोत्सव मनाउन सफल भएको बैंकले जनाएको छ ।

यस दौरानमा हामी प्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने हाम्रा समस्त ग्राहक महानुभावहरु, नियामक निकायहरू, शेयरधनी महानुभावहरू, कर्मचारीहरू लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति अत्यन्त अनुगृहीत रहँदै सादर नमन एवं धन्यवाद व्यक्त गर्दै, आजसम्म आइपुग्दा नेपालको वित्तीय क्षेत्रमा जति योगदान गर्न सफल भएको बैंकले दाबी गरेको छ ।

साथै, आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवम् सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाईको बैंक बन्ने बैंकले अठोट गरेको छ ।

डिजिटल फष्ट बैंक बन्ने अभिप्रायले अग्रसर भइरहेकोमा आफ्नो भौतिक उपस्थितिलाई समेत दरिलो बनाउँदै स्थापनाकालदेखि हालसम्म आइपुग्दा मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जालबाट लाखौं ग्राहक महानुभावहरु माझ गतिशील बैंकिङ्ग पार्टनरको रुपमा जोडिएका बैंकले जनाएको छ ।

प्रकाशित मिति: ५ श्रावण २०८२, सोमबार  १२ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।