पशुपतिनाथ मन्दिर करिब ९ महिनापछि आगामी पुस १ गतेदेखि सर्वसाधारण भक्तजनका लागि खुला हुने भएको छ ।
नोटबजार डटकमसँग कुराकानी गर्दै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले पुस १ गतेदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड तथा भौतिक दूरी कायम गरी मन्दिर खोल्ने निर्णय गरिएको बताए ।
पशुपति क्षेत्र विकास कोषले मन्दिर दर्शन गर्दा भक्तजनले पालना गर्नुपर्ने नियमसम्बन्धी मापदण्ड समेत कोषले तयार पारेको सदस्यसचिव ढकालले जानकारी दिए । भक्तजनलाई एउटा ढोकाबाट प्रवेश तथा अर्को ढोकाबाट निस्कने व्यवस्था मिलाएको छ भने मन्दिखर दर्शन गर्ने भक्तजनहरुलाई मास्क अनिवार्य गरिएको छ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ज्योतिर्लिङ्गको पनि ज्योतिर्लिङ्ग अर्थात् महाज्योतिर्लिङ्गका रूपमा आस्था राख्ने पशुपतिनाथको मन्दिर कोरोना भाइरस संक्रमण फैलिएपछि गएको चैतदेखि बन्द रहेको थियो।
कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गएको चैत ११ गते सरकारले लकडाउनको निर्णय गरेसँगै पशुपतिनाथ मन्दिरमा दैनिक नीत्य पूजा आरती चलिरहे पनि भक्तजनले भने मन्दिरमा दर्शन गर्न पाएका थिएनन् । इतिहासमै यति लामो अवधि मन्दिर भक्तजनका लागि पूर्णरूपमा बन्द गरिएको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया