सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि

0
Shares

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला ५०० ले वृद्धि भएर ९१ हजारमा कारोवार भएको छ ।

छापावाला सुन मङ्गलबार प्रतितोला ९० हजार ५०० मा कारोवार भएको थियो । सोमबारको तुलनामा आजसम्म आइपुग्दा पहेँलो धातुको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ ।

यस्तै तेजाबी सुनसमेत आज प्रतितोला ५०० ले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । प्रतितोला ९० हजार ५० मा मङ्गलबार कारोवार भएको तेजाबी सुन आज भने। ९० हजार ५५० मा कारोवार भएको छ ।

यस्तै चाँदी आज प्रतितोला एक हजार १८५ मा कारोवार भएको छ । चाँदी प्रतितोला एक हजार १५५ मा मङ्गलबार कारोवार भएको थियो । चाँदी प्रतितोला ३० ले वृद्धि भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ मंसिर २०७७, बुधबार  ११ : ५४ बजे