शेयर बजार सूचकले नयाँ उचाइ बनाउने क्रम जारी रहेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ७० अंकले बढेर हालसम्मकै उच्च २०७१ अंकमा पुगेको हो ।
पछिल्ला दिनहरुमा लगानीकर्ता एकै दिनमा बहु समुह परिवर्तन गरेर शेयर खरिद बिक्री गरेको अवस्था छ । लगानीकर्ताले शेयर ठुला भन्दा पनि साना कम्पनी रहेको समुहको शेयर छिटो छिटो सिफ्ट गरेको देखिन्छ । यसले गर्दा बजार सूचकमा उच्च अंकको. सूधार आएको छ ।
लगानीकर्ता पोर्टफेलियो परिवर्तन गर्नु भनेको सुचिकृत कम्पनीको कार्यसम्पादन तथा प्रतिफल अनुपातलाइ भन्दा पनि बजारको मार्जिनलाई हेरेको स्पष्ट हुन्छ । शेयर लगानीकर्ताले बजारको मार्जिनलाइ हेर्नु भनेको दिर्घकालीन लगानीकर्ता भन्दा पनि कारोबारी र अल्पकालिन लगानीकर्ता हाबी हुनु हो ।
बुधबार कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से परिसूचक बन्द हुँदासम्म कायम रह्यो । कारोबार सुरु हुँदा २०००.४ अंकमा रहेको नेप्से सूचक ७०.६२ अंकले बढेर २०७१.०२ अंकमा पुगेको छ । बुधबार नेप्सेमा ठुला कम्पनीको पनि शेयर मूल्यमा सुधार आएको देखिन्छ । ठुला कम्पनीलाई प्रतिनिधित्व गर्ने सेन्सेटिभ इण्डेक्स पनि १२.२५ अंकले बढेको छ ।
सोमबार बैंकिङ समुहको शेयरमा लगानी गरेका लगानीकर्ता मंगलबार बीमा तथा जलविद्युत क्षेत्रका कम्पनीको शेयर लगानी गरेका थिए । तर, बुधबार लघुवित्त संस्थाहरुको पुँजी वृद्धिको हल्लाले माइक्रोफानान्सको शेयर मूल्यमा समेत उच्च सुधार आएको छ । त्यसैगरी बुधबार बीमा, जलविद्युत तथा अन्य क्षेत्रका कम्पनीसंगै वाणिज्य बैंकहरुको शेयर मूल्यमा समेत सुधार आएपछि बजार सूचक साढे ३ प्रतिशतले बढेको हो ।
नेप्सेमा कारोबार भएका २०१ कम्पनी मध्ये ३३ कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । यसरी उच्च दरमा शेयर मूल्य बढ्ने कम्पनीमा लघुवित्तय संस्थाहरु र नेपाल टेलिकम सहित केही बीमा कम्पनीहरु रहेका छन । नेप्सेमा कारोबार भएका अधिकासं समुहग परिसूचक बढेका छन । तर, ब्यापार समूह १६.६८ अंकले घटेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका २०१ कम्पनीको ६१ हजार ६ सय ३६ बटा कारोबारवाट ७ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ बरावरको एक करोड ५५ लाख ६४ हजार ४ सय २७ कित्ता शेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम, शेयर संख्या तथा कारोबार संख्या मंगलबारको तुलनामा थोरै हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया