छ महिनाको ब्याज बक्यौता रहेको अवस्थामा धितो लिलामी नहुने

0
Shares

बैंक तथा वित्तीय संस्थाले ऋणीको ६ महिना सम्मको ब्याज बक्यौता रहेको अवस्थामा धितो लिलामी गर्न नपाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक पहिलो त्रैमासीक समिक्षा मार्फत धितो लिलामको अवधि बढाएको हो ।

राष्ट्र बैंकले कोभिड–१९ को असरमा परेका ऋणीको ६ महिना भन्दा बढीको ब्याज बक्यौता नरहेको अवस्थामा धितो लिलामी जस्ता प्रक्रिया केही समयसम्मका लागि स्थगन गर्ने व्यवस्था गर्ने भएको हो ।

पछिल्लो समयमा बैंक वित्तीय संस्थाले धितो लिलाम गर्ने गरेको गुनासो केन्द्रीय बैंकमा पुगेपछि समिक्षा मार्फत यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ ।

कोरोना भाइरसको असर अझै पनि नसकिएको र आर्थिक गतिविधि पुर्ववत रुपमा सञ्चालन नभएको हुनाले बैंक वित्तीय संस्थाले ऋणीलाई सहज बनाउन यस्तो व्यवस्था गरेको केन्द्रीय बैंकका प्रबक्ता डा. गुणाकर भट्टले बताए ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाबाट विदेशी मुद्रामा ऋण लिएका ऋणीहरु विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट प्रभावित हुन गई विदेशी मुद्रामा साँवा तथा ब्याज भुक्तानीमा पर्न गएको असहज परिस्थितिमा विदेशी मुद्रामा लिएको ऋणको किस्ता नेपाली मुद्रामा समेत भुक्तानी गर्न सकिने व्यवस्था मिलाउने समेत केन्द्रीय बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।