काठमाडौँ। हिमालयन बैंकको एफपीओ आज मंगलबार बाँडफाँट गरिएको छ। बैंकले कमलादीस्थित बैंकको भवनमा एफपीओ बाँडफाँट गरिएको हो । एफपीओ बाँडफाँट कार्यक्रम बिहान ९ बजे राखिएको थियो।
एफपीओमा कुल १८ लाख २५ हजार ९२२ जनाले आवेदन दिएका थिए । यीमध्ये १ लाख २१ हजार ६४९ को आवेदन अस्वीकृत भएको छ । स्वीकृत आवेदन १७ लाख ४ हजार २७३ थियो ।
यो एफपीओमा १८ लााख २५ हजार ९२२ आवेदकबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयर माग भएको थियो। जसमा १७ लाख ४ हजार २७३ आवेदकबाट माग भएको ३ करोड ३२ लाख ११ हजार ८० कित्ता शेयर सदर भएको थियो। यसमा १ लाख ७६ हजार २६० आवेदकबाट माग भएको १७ लाख ४ हजार २७३ कित्ता शेयर बदर भएको थियो।
मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा प्रक्रियामार्फत लगानीकर्ताहरुलाई बैंकको एफपीओ बाँडफाँट गरिएको छ। जस अनुसार कुल ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्। यसरी बाँडफाँट गर्दा शेष भएको ९ कित्ता शेयर सोही लगानीकर्ताहरुमध्ये २० कित्ताका लागि आवेदन दिनेहरुमा बाँडफाँट गरिएको छ। यस अनुसार ९ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले बैंकको शेयर प्राप्त गरेका छन्।












प्रतिक्रिया