नीतिगत परिवर्तनको असर: नेप्से सुरुवाति १५ मिनेटमै ५० अंकले घट्यो

0
Shares

नेपाल राष्ट्र बैंकले बिहीबार मौद्रिक नीतिको प्रथम समीक्षा मार्फत शेयर कर्जा र व्यक्तिगत कर्जामा कडाई गरेपछि त्यसको सोझो असर नेप्सेमा परेको छ ।

आइतबार नियमित बजार खुलेको १५ मिनेटमा नै नेप्से ५० अंकले घटेर २ हजार ५ बिन्दुमा झरेको छ । यसअघि आर्थिक वृद्धिको विपरित नेप्से लागातार ४३५ अंकको वृद्धिले नियामक निकायहरुले शेयर बजारमा प्रवाहित कर्जा र व्यक्तिगत कर्जामा कडाई गर्ने निष्कर्षमा पुगेका थिए ।

सुरुवाति १५ मिनेट यस अवधिमा १४३ कम्पनीका ८ लाख २५ हजार कित्ता शेयर ५ करोड ८२ लाख रुपैयाँमा खरीद बिक्री भएका छन् । कारोबारमा आएका होटल बाहेकर सबै उपसमुहका सूचक ऋणात्मक बनेका छन् ।

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै १५ करोड ४४ लाखको शेयर कारोबार भएकोमा नेपाल लाइफ र अपर तामाकोशी कारोबार रकमका आधारमा क्रमश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

१५ मिनेट अवधिमा प्रुडेन्सिेयल इन्स्योरेन्स, रिलायन्स फाइनान्स र अपर तामाकोशीको शेयरमूल्यमा वृद्धि आएको छ भने लिवर्टी इनजी, छिमेक लघुवित्त र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य घटेको छ ।

सम्बन्धीत समाचार लिङ्कहरु:-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २१ मंसिर २०७७, आइतबार  ११ : २० बजे