इन्फिनिटी लघुवित्त वित्तीय संस्था (ILBS) ले गत आवको नाफाबाट शेयरधनीलाई कुल १५ प्रतिशत लाभांश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तको मंसिर १९ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको ६० औं बैठकले गत वर्षको नाफाबाट लघुवित्तले १४.२५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर तिर्नका लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल कुल १५ लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ रहेको छ । ३ करोड २५ लाख ९ हजार ९५० रुपैयाँ बराबरको बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी २६ करोड ६ लाख ४९ हजार ९५० रुपैयाँ पुग्नेछ ।
अघिल्लो आव २०७५/७६ बाट लघुवित्तले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया