निर्जीवन बीमा कम्पनीहरुकोे प्रिमियम १५ प्रतिशतले बढ्यो, शिखर सबैभन्दा अगाडि

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा २५ अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन अघिल्लो आर्थिक बर्षका तुलनामा १५ प्रतिशतले बढी हो । अघिल्लो बर्ष बीमा कम्पनीहरुले २२ अर्ब १९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

बीमा समितिले तयार पारेको प्रारम्भिक तथ्यांक अनुसार एक बर्षको अवधिमा निर्जीवन बीमा निर्जीवन कम्पनीहरुले १५ प्रतिशतले प्रिमियम बढाएका हुन् । हाल २० वटा निर्जीवन बीमा कम्पनीहरु संचालनमा रहेका छन् ।

गत आर्थिक वषर्मा बीमा शुल्क आर्जन गर्ने निर्जीवन बीमा कम्पनीमा शिखर इन्स्योरेन्स सबैभन्दा अब्बल देखिएको छ । शिखरले मात्रै ३ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

२ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको सगरमाथा इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ भने नेको इन्स्योरेन्सले १ अर्ब ९१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरि तेस्रो स्थान ओगटेको छ ।

यसैगरि गत आर्थिक बर्ष २०७५/०७६ मा सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ८६ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब २६ करोड ६८ लाख रुपैयाँ तथा लुम्बिनीले १ अर्ब २६ करोड ६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

साथै एनएलजीले १ अर्ब ६६ करोड रुपैयाँ, प्रिमियरले १ अर्ब ६४ करोड रुपैयाँ, हिमालयन जनरलले १ अर्ब ४५ करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सकम्पनीले १ अर्ब २४ करोड ७५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

यसैगरि नेपाल इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने यसैगरि नेशनल इन्स्योरेन्सले ९४ करोड १६ लाख रुपैयाँ, एभरेष्ट इन्सोरेन्सले ८१ करोड १८ लाख रुपैयाँ र युनाइटेड इन्स्योरेन्सले ४८ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै अजोडइन्स्योरेन्सले ४१ करोड ४५ लाख, सानिमा जनरल इन्स्योरेन्सले १५ करोड ५८ लाख, जनरल इन्स्योरेन्सले ३२ करोड २४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।