नेपालको पर्यटकिय स्थल पोखराको केन्द्रबिन्दु राष्ट्रबैंक चोकमा रहेको श्रीराम मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ ।
भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक बितरक सिप्रदी टे«डिङ्ग प्रा. लि. को संयुक्त परियोजनामा वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको हो ।
म्याक सर्भको उद्घाटन कार्यक्रम भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्स्का कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्यब्स्का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण के. सी. को उपस्थितीमा सम्पन्न भएको हो ।
म्याक सर्भमा ग्राहक महानुभावहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन । जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरि मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ ।
उक्त वर्कशपमा ग्राहक महानुभावहरुले कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्नुहुनेछ । यस वर्कशपले बिभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउदै आइरहेको छ । म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा डिसेम्बर, २०२० सम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस् हरुमा १० प्रतिशत सम्मको छुटको ब्यवस्था गरिएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया