शेयर बजार परिसूचक नेप्से आइतबार १२३ अंक घट्दा ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा भने नेप्से ७५ अंकले बढेको देखिएको छ ।
नेप्सेको आधिकारीक वेवसाइट र टिएमएसमा फरक मात्रै होइन विपरित तथ्याङ्क देखिन थालेपछि लगानीकर्ता समेत अलमलमा परेका छन् । आइतबार कारोबार बन्द हुनुभन्दा ४५ मिनेट अगावै नेप्से ६ प्रतिशतले घटेपछि ऋणात्मक सर्किट लागेर कारोबार बन्द भएको थियो ।
पूरा समय कारोबार हुन नसकेपछि टिएमएसमा भने अघिल्लो आइतबार (मंसिर १४ गते) ७५.०२ अंकले बढेर १९६८.२७ बिन्दुमा बन्द भएको विवरण देखिएको छ ।
हेर्नुहोस् नेप्सेको वेवसाइट र टिएसएसमा देखिएको तस्बिर:-
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया