आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड र अरुण काबेली पावर लिमिटेडको वार्षिक साधारण सभा आज (मंसिर २२ गते, सोमबार) सम्पन्न हुँदैछ ।
लघुवित्तको २२ औँ वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पुतलीसडक काठमाडौँमा र अरुण काबेलीको १० औं वार्षिक साधारण सभा ट्रेड टावर थापाथली काठमाण्डौंमा आह्वान गरिएको छ ।
लघुवित्तको सभाले सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट शेयरधनीहरूलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि लघुवित्तले मंसिर ८ गते, सोमबार बुकक्लोज गरको थियो। यसअनुसार मंसिर ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
उता अरुण काबेलीले ट्रेड टावर, दोस्रो तल्ला, थापाथली, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने साधारण सभाले शेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस शेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि कम्पनीले मंसिर १२ गतेदेखि बुकक्लोज गरेको थियो यसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया