गत वर्ष आईपीओ बिक्री गरेको चौतारी लघुवित्तको नाफामा उल्लेखीय बढोत्तरी, आरम्भ पनि गाभिँदै

0
Shares

चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष कम्पनीले एक करोड तीन लाख मात्र नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा बढोत्तरी भएपछि खुद नाफा पनि सुधारिएको हो । गत वर्ष आइपिओ निष्कासन गरेको कम्पनीको चुक्ता पूँजी १२ करोड ६० लाख बाट १८ करोड ६० लाख पुगेको छ । लघुवित्तले गत मंसिरमा सर्वसाधारणमा ६ लाख कित्ता साधारण शेयर जारी गरेको थियो।

लघुवित्तको जगेडाकोष एक करोड ४९ लाखबाट ४ करोड ३२ पुगेको छ । ८९ करोड सापट लिएको लघुवित्तले ४७ करोड निक्षेप उठाएर एक अर्ब ५६ करोड कर्जा परिचालन गरेको छ ।

लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.४८ बाट बढेर ०.५१ प्रतिशत पुगेको छ। प्रतिशेयर आम्दानी १५ रुपैयाँ १७ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ २ पैसा र मूल्य आम्दानी अनुपात ३०.५८ गुणा बढी छ।

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाले काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्ससँग एक आपसमा गाभिने सहमति गरिसकेको छ । दुबै लघुवित्त एक बराबर एक अनुपातमा शेयर स्वाप रेसियोमा गाभिन लागेका हुन ।