पुनर्बीमा र निर्जीवन बीमा कम्पनीहरुले एनएफआरएस वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने

0
Shares

बीमा कम्पनीहरुको नियामक निकाय बीमा सकितिले पुनर्बीमा कम्पनी र सम्पूर्ण निर्जीवन बीमा कम्पनीहरुलाई नेपाल वित्तीयमान प्रणाली (एनएफआरएस) ढाँचाँमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको छ ।

सोमबार छुट्टाछुट्टै परिपत्र गर्दै समितिले त्यस्तो निर्देशन दिएको हो । समितिको निर्देशनसँगै अब पुनर्बीमा तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वित्तीय विवरण एनएफआरएस वित्तीय प्रणाली अनुरुप प्रकाशित गर्नुपर्नेछ ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुनर्बीमा गर्ने बीमा कम्पनी र निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको लागि समितिले इमेल मार्फत अलग अलग निर्देशिका तयार गरेर पत्राचार गरिएको जानकारी दिए ।

समितिले पुनर्बीमा कम्पनीलाई ‘पुनर्बीमा बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएसमा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७’ र निर्जीवन बीमा कम्पनीहरुका लागि ‘निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको एनएफआरएस मा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका २०७७’ जारी गरेको हो ।

 

 

नेपाल राष्ट्र बैंकले यसअघि बैंकिङ्ग प्रणालीमा लागू गरिसकेको यस ढाँचाँको अब भने बीमा समितिले पनि पुनर्बीमा र निर्जीबन बीमा कम्पनीहरुलाई सोही प्रणालीमा प्रतिवेदन तयार पार्न निर्देशन दिएको हो । बीमा कम्पनीहरुलाई पहिलो चरणमा पुनर्बीमा र निर्जीबन बीमा कम्पनीहरुलाई लागू गरिएको यस प्रणाली जीबन बीमा कम्पनीहरुमा पनि लागू गरिने समितिले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।